मुख्य समाचार
नरहरिनाथ गाउँपालिकाको संक्षिप्त परिचय
कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका साविकको कुमालगाउँ, कोटवाडा, रूप्सा, मालकोट र लालु गाउँ विकास समिति मिलाएर नरहरिनाथ गाउँपालिका बनेको हो । नरहरिनाथ गाउँपालिकाको कूल क्षेत्रफल १४३.८६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । यस नरहरिनाथ गाउँपालिकाको भौगोलिक तथा प्राकृतिक अवस्थाको बारेमा अक्षांश २९ डिग्री ७ मिनेट ३३ सेकेन्ड उत्तर देखि २९ डिग्री १८ मिनेट ५६ सेकेन्ड उत्तरी अक्षांश रहेको छ । देशान्तर ८१ डिग्री २८ मिनेट ११ सेकेन्ड पूर्वदेखि ८१ डिग्री ३५ मिनेट ३१ सेकेन्ड पूर्वी देशान्तर मा रहेको छ । जम्मा जनसंख्या २४१८२ मध्ये जम्मा पुरुष १२४३९ र महिला ११७४३ र घरपरिवार संख्या ३९१० जनघनत्व २४१.८२ जना प्रति वर्गकिलोमिटर र लैङ्गिक अनुपात १०६.२७। यस गाउँपालिकाको साक्षरता दर ८४.६८ रहेको छ । राष्ट्रिय जनगणना २०७८ को, प्रारम्भिक नतिजा अनुसार जनगणना घर संख्या ३६६८, परिवार संख्या ४४२२ जम्मा जनसंख्या २२४१४ रहेको छ जस्मा पुरुषको संख्या १११०९ र महिलाको संख्या ११३०५ रहेको छ ।